नियम ३८
विवाद समाधान गर्न समुदाय समक्ष निवेदन गर्न सक्ने
(१) मुद्दा हेर्ने निकायमा दायर नभएको कुनै विवाद समुदायद्वारा समाधान गर्न चाहने पक्षले अनुसूची–११ बमोजिमको ढा“चामा नजिकको समुदाय समक्ष निवेदन दिन सक्नेछ ।
(२) कुनै पक्षले उपनियम (१) बमोजिम निवेदन नदिई विवाद समाधान गर्न मौखिक अनुरोध गरेमा समुदायले निजको कुरा निवेदनको रुपमा लेखी त्यस्तो निवेदनमा निजको सहीछाप समेत गराउनु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिम विवाद समाधान गर्न एक पक्षको मात्र निवेदन परेमा समुदायले निवेदन नदिने विवादस“ग सम्बन्धित अर्को पक्षलाई सात दिनभित्र समुदाय समक्ष उपस्थित हुन अनुरोध गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको अवधिभित्र विवादको अर्काे पक्ष उपस्थित नभएमा वा उपस्थित भएर पनि मेलमिलापको प्रक्रियाबाट विवाद समाधान गर्न सहमत नभएमा समुदायले त्यस्तो विवादको समाधान गर्ने सम्बन्धमा प्रारम्भ गरिएको कारवाही अन्त्य भएको निर्णय गर्नु पर्नेछ ।